चितवन विशेष

विद्युतीय धरापमा परेर चितवन राष्ट्रिय निकुञ्जको गैँडा मर्‍यो

Banner

भरतपुर,पुस २०

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आज बिहान मृतावस्थामा भेटिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो ।

अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिनुभयो । निकुञ्जले चालु आर्थिक वर्षमा छ गैंँडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>