चितवन विशेष

मितेरी फाउण्डेसनमा बानियाँको नेतृत्व

Banner

चितवन,पुस १९-

मितेरी फाउण्डेसन नेपालको अध्यक्षमा रवीन्द्र सिंह बानियाँ चयन भएका छन् । फाउण्डेसनको शनिबार भरतपुरमा सम्पन्न आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले यसअघि उपाध्यक्ष रहेका बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिता खनाल, महासचिवमा राधेश्याम खतिवडा, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक्षमा शोभा पुडासैनी चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा निर्मला पण्डित, हरिप्रसाद पोखेरेल, हरिबाबु ढकाल, शोभा अर्याल, विष्णुप्रसाद पौडेल, बालकृष्ण थपलिया चयन भएका छन् ।

साधारणसभाले महासचिव अनिता खनालले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधेश्याम खतिवडाले पेश गरेको आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको अध्यक्ष एकल सिलवालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष बानियाँले संस्थाले हाल चितवनको विकट कान्दामा गर्दै आएको रुपान्तरण अभियानलाई जारी राख्दै थप नयाँ अवधारणासहित अघि बढ्ने बताए ।

२०६७ सालमा साविक लोथर गाउँ विकास समितिमा पर्ने कान्दा गाउँमा जंगली च्याउ खाएर एकैघरका ८ जना चेपाङको ज्यान गएपछि पत्रकार एकल सिलवाल र कलाकार रवीन्द्र सिंह बानियाँको अगुवाइमा यो संस्था जन्मिएको हो । सिलवाल र बानियाँ मित हुन् । उनीहरुको साइनोबाटै संस्थाको नाम मितेरी राखिएको हो । फाउण्डेसनले त्यसयता कान्दा रुपान्तरणका लागि शिक्षा, कृषि, स्वास्थ्य तथा सीपविकासका क्षेत्रमा अनेक काम गर्दै आएको छ । नामको सार्थकता स्वरुप बजार क्षेत्रबाट कान्दा पुगेकाहरुलाई स्थानीय चेपाङ नागरिकसँग मित लगाउने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>