कर्पोरेट

रत्ननगर बेल्सीका विद्यार्थीलाई एनएमबी बैँकको सहयोग

Banner

चितवन, पुस १७

एनएमबी बैँकले रत्ननगर बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका–३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो ।

बैँकको नारायणगढ शाखाले बिहीबार विद्यालयमा गरेको कार्यक्रममा बैँकका प्रदेश नं. ३ का म्यानेजर दुर्गाराम पुरी, नारायणगढ शाखा प्रमुख विष्णु पौडेल, प्रमुख अतिथि रत्ननगर नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मालगायतले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेका थिए । सो अवसरमा विद्यालयमा रहेका १४२ विद्यार्थीलाई एक\एक थान झोला र स्वेटर वितरण गरिएको थियो ।

बैँकले दलित, आदिवासी र न्यून आय भएका विद्यार्थीहरु अध्ययन गर्ने उक्त विद्यालयको छनोट गरी सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीहरु एकसरो सर्ट (कमिज) मा उपस्थित थिए । पुसको जाडोमा पनि विद्यार्थीको पहिरनले उनीहरुको आर्थिक अवस्था झल्काइरहेको थियो ।

विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, नगरपालिकाका सामाजिक विकास समिति संयोजक केशव आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष गुप्तनाथ भट्टराईलगायतले बोलेका थिए । उनीहरुले बैँकले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।

बैँकका प्रदेश म्यानेजर पुरीले देशभरका १६३ शाखाबाट बैँकले सेवा दिइरहेको बताउँदै चितवनमा मात्रै सात वटा शाखाबाट सेवा दिएको जानकारी दिए । आईएसओ मान्यता प्राप्त नेपालको एकमात्र बैँक एनएमबी रहेको बताउँदै उनले बैँकले नकारात्मक क्षेत्रमा लगानी नगर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>