चितवन विशेष

भ्रमण वर्ष २०२० : यी हुन् चितवनका उत्कृष्ट ५० गन्तव्य (सूचिसहित)

Banner

नारायणी अनलाइन डेस्क

चितवन, पुस १६-

नेपाल भ्रमण वर्ष–२०२० को आज चितवनमा विभिन्न कार्यक्रमहरु गरेर शुभारम्भ गरिएको छ । पर्यटन प्रवद्र्धन समिति चितवनले चितवनका मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी फोटोसहित चितवन जिल्ला पर्यटन निर्देशिका तयार गरेको छ । निर्देशिकामा प्रमुख ५० पर्यटकीय गन्तव्यहरुबारे उल्लेख गरिएको छ ।

चितवन भन्ने बित्तिकै सौराहा र नारायणी किनार मात्रलाई चिन्ने कतिपय नेपाली छन् । तर, चितवनभित्र पहाडको उच्च भूभागदेखि भारतसम्म फैलिएको तराईको समथर भूभाग र घना जंगल रहेका छन् । धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेका घुम्नैपर्ने चितवनका प्रमुख गन्तव्यहरु यसप्रकार रहेका छन् :

भरतपुर महानगरपालिका भित्र पर्ने मुख्य गन्तव्यहरु :

१) मेघौली
२) सीतामाई तथा पटिहानी
३) जगतपुर
४) देवघाटधाम
५)ज्ञानेश्वर व्लक
६) बीसहजारी ताल तथा बाटुलीपोखरी
७) कसरा (गोही प्रजनन केन्द्र तथा विक्रमबाबा)
८) गोलाघाट
९) वागिश्वरी
१०)गणेशधाम
११) वीपी शान्तिनगर वन तथा नारायणी बीच क्षेत्र
१२) गाजीपुर तथा सिमरीटाउन क्षेत्र
१३) महाबौद्ध गुम्बा
१४) राइनो ताल तथा धनगढा मन्दिर
१५) चितवन पदर्शनी केन्द्र
१६) बखान बहुउद्देश्यीय सहकारी संस्था
१७) रानीपोखरी
१८) प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था
१९) संयुक्त राप्ती दुन मध्यवर्ती सामुदायिक वन तथा देवीस्थान पार्क
२०) चौकीडाँडा\कविलासपुरगढी
२१ ) दियालो बंगला

रत्ननगरपालिका भित्रका क्षेत्रहरु :

२२) सौराहा
२३) बाघमारा सामुदायिक वन
२४) कृष्णप्रणामी मन्दिर धर्मधाम
२५) टिकौली

खैरहनी नगरपालिकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु :

२६) कुमरोज सामुदायिक वन
२७) कठार
२८) कंकाली सामुदायिक वन तथा कंकालीकोट

कालिका नगरपालिका क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु:

२९) सिन्ती झरना
३०) शक्तिखोर
३१ ) भीमबली बाबा तथा लट्टेश्वर महादेव
३२ ) थाङ्खोला सामुदायिक वन

राप्ती नगरपालिकाकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु :

३३) परेवाकोट
३४ ) पिपुल्स पार्क
३५) राप्ती एकता मध्यवर्ती सामुदायिक वन
३६) शिखर हरियाली इको टुरिजम पार्क

माडी नगरपालिकामा भएका प्रमुख पर्यटकीय आकर्षणहरु:

३७) एकीकृत सोमेश्वरगढी
३८) एकीकृत पाण्डवनगर क्षेत्र
३९) वैकुण्ठताल
४०) दक्षिण सोमेश्वर कालिका तथा शनि मन्दिर
४१ ) गोपालनगर माछापोखरी
४२) बाँदरमुढे एवम् पुष्पमदन बाटिका
४३) वाल्मीकि आश्रम
४४) त्रिवेणीधाम

इच्छाकामना गाउँपालिकामा भएका प्रमुख पर्यटकीय गन्तव्यहरु:

 ४५) सिराइचुली
४६) उपरदाङगढी
४७) इच्छाकामना मन्दिर
४८) जलवीरे लामोझरना
४९) कुरिनटार मनकामना केबुलकार
५०) चेपाङ हिल ट्रेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>