चितवन विशेष
सबैलाई आदर र सम्मान गर्न सिकौंः सांसद विजय सुुवेदी

चितवन,पुस १५-
प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले हाम्रा अग्रजले अध्ययन अनुसन्धान गरेर लेखिएका शास्त्र र ज्ञान विज्ञानलाई निरन्तरता दिन सक्यो भने भावि पुस्ताले गर्व गर्न पाउने बताएका छन् । ओमकार परिवारको सहभागिता र ब्राह्मण समाज चितवनको आयोजनामा श्रीमद्भागवत महापुराण तथा धनधाञ्याचल विराट ज्ञान महायज्ञका सम्बन्धमा भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो अवसरमा प्रदेशसभा सदस्य सुवेदीले विभिन्न जाति र भाषा भएका नेपालीको सबैको आफ्नो इतिहास, सभ्यता भएको भन्दै सबैको सम्मान हुुनपर्ने बताए । उनले वर्तमानमा बहुसङ्ख्यक रुपमा रहेका ओमकार परिवार, ब्राह्मण जातिका साथै सबै जातजाति सङ्गठित हुँदा राम्रोे हुने समेत बताए । वैदिक सनातन धर्म संस्कृतिको संरक्षणका लागि ओमकार परिवारको सक्रियतामा गर्न लागिएकोमा नै उपस्थित मारवाडी सेवा समाज नेपालका केन्द्रीय उपाध्यक्ष उमाशङ्कर अग्रवालले ओमकार परिवारको समेत उपस्थितिमा गरिन लागेको महायज्ञले समाजमा सकारात्मक सन्देश छर्ने बताए ।
अग्रवालले भूमिदानको महत्व मानव जीवनमा अतुलनीय रहेको भन्दै महायज्ञ भूमिदानलाई प्राथमिकता राखिएकोमा प्रशंसा गरे । कार्यक्रममा नै उपस्थित दशनामी परिवार चितवनका अध्यक्ष जीवलाल पुरीले दशनामी परिवारले पनि सक्दो सहयोग गर्ने भनाइ राखे । सो कार्यक्रममा धार्मिक तथा सामाजीक अभियन्ता ममता शर्मा न्यौपाने, ब्राह्मण समाज केन्द्रीय उपाध्यक्ष ध्रुवराज शर्मा अर्याल, ब्राह्मण समाज नगर समितिका माया पाठक, महायज्ञ सह–संयोजक कृष्णहरि अर्याल, ठाकुर प्रसाद कँडेल, भूमिदान संयोजक शेषराज सापकोटा, भरतपुरमा रहेको सङ्गम टोलका अध्यक्ष देवराज सापकोटा लगायतले महायज्ञ विशेष बनाउन लागिपर्ने बताए ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा चितवनका ओमकार परिवारका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । वैदिक सनाता संस्कृतिको रक्षार्थ हुन लागेको महायज्ञमा चितवनका प्रखर वाचक वालकृष्ण अर्याल प्रमुख वाचक रहने छन् । ओमकार परिवारको लागि सभा हल तथा योगा हल निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्नेलगायतका उद्देश्य अनुरुप महायज्ञ गर्न लागिएको महायज्ञका आर्थिक संयोजक राम प्रसाद ओस्तीले जानकारी दिए ।
आगामी माघ १५ गतेदेखि भरपुुर महानगरपालिका ९ शरदपुरको संगमटोलमा रहेको ब्राह्मण समाज चितवनको कार्यालय परिसरमा महायज्ञ हुन लागेको हो । महायज्ञमा नेपालका ओमकार अभियन्ताहरुको समेत उपस्थिति रहने भन्दै विशेषत ओमकार परिवारको एकताको लागि महायज्ञ आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक पौडेलले बताए । उनका अनुसार चितवन जिल्लाका साथै छिमेकी जिल्ला मात्र नभएर देशभरिका ओमकार परिवारहरुको भ्रमण पनि महायज्ञमा गराई नेपाल भम्रण वर्र्ष २०२० लाई पनि प्रभावकारी बनाइने छ ।
























