चितवन विशेष

मानवसेवा आश्रममा समाजसेवी कार्कीले मनाए जन्मदिन

Banner

चितवन, पुस १४-

चितवनका युवा समाजसेवी एवंम नेपाली काँग्रेसका महासमिति सदस्य राजन कार्कीले मानवसेवा आश्रममा आश्रितहरुसंग जन्मदिन मनाएका छन् ।

आज (सोमबार) अपरान्ह एक कार्यक्रमको आयोजना गरी भरतपुरस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएर कार्कीले जन्मदिन मनाएका हुन् । समाजसेवामा सक्रिय नेता कार्कीले अनावश्यक खर्चको साटो सडकबाट आश्रमा पुगेका बेसाहाराहरुसंग बसेर जन्मदिन मनाईएको बताए । उनले भने–“आफू जन्मिएको दिन आश्रममा बसेकाहरुसंग मनाउन पाउँदा निकै खुशी छु, मेरो सानो सहयोगले आश्रम संचालनमा सहयोग पुगेको छ ।” उनले आगामि दिनमा पनि आश्रमलाई सहयोग गरिरहने प्रतिवद्धता जनाए । समाजसेवी कार्की राजनीतिसंगै सामाजिक कार्यलाई उत्तिकै प्राथमिकता दिने गरेका छन् । उनले विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

सो कार्यक्रममा काँग्रेस महासमिति सदस्य निरु कार्की, नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइराला, नेपाल दरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, तरुण दलका जिल्ला प्रवक्ता विश्व बास्तोला, तरुण दलका जिल्ला सदस्य सन्जिव भूमी श्रेष्ठ,नेविसंघका जिल्ला उपाध्यक्ष प्रकाश भण्डारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>