चितवन विशेष

चितवनका पब्लिक क्याम्पसमा चर्को शुल्क बृद्धी,विरोधमा विद्यार्थीद्धारा तोडफोड

Banner

चितवन,पुस १३-

पब्लिक क्याम्पस संघ चितवनले शैक्षिक शुल्क बढाएको भन्दै चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । संघले गरेको निर्णयको आधारमा कलेजले एक्कासी शुल्क वृद्धि गरेको भन्दै कलेजमा अध्ययनरत सत्तारुढ नेकपा समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले आज साँझ कलेजमा तोडफोड गरेका हुन् । शुल्क वृद्धिको आधार स्पष्ट हुनुपर्ने, एकपक्षीय रुपमा शुल्क वृद्धि गर्न नहुने अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले बताउनुभयो ।

कलेज तोडफोड गर्ने आफूहरुको मनसाय नभएपनि आक्रोशित विद्यार्थीहरुबाट सामान्य तोडफोड भएको उल्लेख गर्दै आचार्यले आगामी दिनमा वार्ता र सम्वादबाट अगाडि बढ्ने जानकारी दिनुभयो । विद्यार्थीबाट उठाएको शुल्कले कलेज सञ्चालन गर्नुपर्ने अवस्था रहेपनि मनोमानी रुपमा संघ र कलेजले गरेको शुल्क वृद्धिको निन्दा गर्दै सो शुल्क लागू हुन नदिने आचार्यले बताउनुभयो ।

पब्लिक क्याम्पस संघ चितवनले कक्षा ११ र १२ मा २५ प्रतिशत, स्नातक तर्फको वार्षिक कार्यक्रम अन्तरगत ३० प्रतिशत, सेमिष्टार प्रणाली अन्तरगत १२ प्रतिशत तथा स्नातकोत्तर तहमा २५ प्रतिशत शुल्क वृद्धि गरेको अध्यक्ष आचार्यले जानकारी बताउनुभयो । आज साँझ कलेजमा तोडफोड भएपछि कलेज वरिपरी प्रहरी तैनाथ गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>