क्रिकेट

पीपीएलको उपाधि चितवन राइनोजलाई, विराटनगर ३२ रनले पराजित

Banner

चितवन, पुस १२–

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले उचालेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले उपाधि जितेको हो । उपाधिसंगै चितवनले २७ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०२ रनको विशाल योगफल तयार गरेको थियो । २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार पाएको छ ।

विराटनगरका लागि शुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे । तर विराटनगरका लागि त्यो इनिङ प्रयाप्त रहेन । चितवनका करण केसीले चार ओभर ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र विदेशी खेलाडी रोहन मुस्ताफाले एक विकेट हात पारे ।

यसअघि पहिले व्याटिङ गरेको चितवनले २०२ रनको विशाल योगफल तयार पारेको थियो । चितवनका लागि रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरे । मुस्ताफाले ४३ बलमा ५० रन जोडे भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिएका थिए ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई/दुई तथा किशोर महतोले एक विकेट लिए ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>