अन्तर्वार्ता

कोरियन भाषाका लागि भरोसाको केन्द्र बन्यो भरतपुरको  सी स्टार कन्सल्टेन्सी

Banner

बसन्त पोखरेल चितवनको शैक्षिक क्षेत्रमा चिरपरिचित नै नाम हो । नवलपुरको कावासोती नगरपालिका–६, पुरानो कावासोतीमा २७ वर्ष अगाडि जन्मिएका पोखरेलले कोरियन भाषा र कम्प्युटर शिक्षणमा अलग्गै पहिचान बनाएका छन् । १२ कक्षा पास गर्नासाथ विदेश जाने रहरले सन् २००८ मा दक्षिण कोरिया हानिएका उनी चार वर्षपछि सन् २०१२ मा नेपाल फर्किए । उनी विदेशबाट पैसा बोकेर भन्दा पनि शिक्षा र ज्ञान बोकेर फर्किए । काठमाडौँमा तीन वर्षसम्म कोरियन भाषा पढाए । विश्वभाषा क्याम्पसले उनलाई भाषा शिक्षकको अनुमतिपत्र पनि दियो । त्यही अनुमतिपत्र र कयौं प्रशंसापत्रहरु बोकेर कोरियन भाषा शिक्षणमा लागिरहने प्रतिबद्धता गर्दै उनी चितवन फर्किए ।

भरतपुरको सप्तगण्डकी चोकमा पोखरेलले २०७२ सालमा सी स्टार एजुकेसनल कन्सल्टेन्सी स्थापना गरे । प्रदेश सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सीमा कम्प्युटरका विभिन्न तहको प्रशिक्षणसँगै कोरियन भाषाको पनि अध्यापन हुँदै आएको छ । कोरियन भाषा शिक्षणका उनले चारवटा पुस्तक पनि लेखेका छन् । दक्षिण कोरियाबाट ज्ञान, सीप, शिक्षा र अनुभव बोकेर नेपाल फर्किएपछि चितवनलाई नै कर्मथलो बनाइरहेका उनै बसन्त पोखरेलसँग नारायणी अनलाइनले व्यवसायिक वार्ता गरेको छ । प्रस्तुत छ वार्ताको सम्पादित अंश :

प्रश्न : नेपाली युवाहरुले कोरिया नै रोज्नुपर्नाको कारण के हो ?

जवाफ : दक्षिण कोरिया अहिले नेपाली युवाहरुको लागि थोरै लगानीमा धेरै कमाउन सक्ने उत्कृष्ट गन्तव्य बनेको छ । अष्ट्रेलिया, अमेरिका, जापान र युरोपका विभिन्न देशहरु ८ देखि १० लाख न्यूनतम लगानी गर्न नसके नआँटे पनि हुन्छ । कोरियाका लागि ९२ हजार खर्च गर्दा सबै प्रक्रिया सकिन्छ । कोरिया पुगेपछि मासिक एक लाख ७६ हजार रुपैयाँ नेपाली युवाहरुले न्यूनतम आम्दानी गरिरहेका छन् । यो आफैमा निम्न आयस्तर भएका नेपाली नागरिकको लागि निकै सकारात्मक विषय हो ।

प्रश्न : कोरिया भाषा पढ्न कति कठिन छ ?

जवाफ: अन्य भाषाको तुलनामा कोरियन भाषामा अक्षरको संरचना निकै कम हुन्छ । आधा कम व्याकरण हुन्छ । तस्बिरसँग कन्भर्ट गरेर मेहनत गरेर पढेमा भाषा गाहे छैन । सी स्टार कन्सल्टेन्सीले विद्यार्थीलाई पर्याप्त शैक्षिक सामग्री, वैज्ञानिक र आधुनिक शिक्षण विधिमार्फत् भाषाको कक्षा सञ्चालन गरिरहेकोले पनि कोरियन भाषा सिकाइमा विद्यार्थीहरुले राम्रो नतिजा हासिल गरिहेका छन् ।

प्रश्न: कन्सल्टेन्सीहरुको भीडमा सी स्टार नै किन ?

जवाफ : मेरो कन्सल्टेन्सीमा कक्षा प्रभावकारी छैन भनेर आजसम्म कसैले पनि भनेको छैन । विद्यार्थीलाई हामीले आधुनिक र वैज्ञानिक शिक्षण विधिद्वारा चित्र वा फोटो मार्फत् भाषा सिकाउने गरेका छौं । हामीले नेपाली भाषासँग मिल्ने गरी फर्मुलाहरु प्रयोग गर्ने भएकोले हामी भाषा शिक्षणमा अब्बल पहिचान बनाउ सफल भएका छौं । स्किल परीक्षणमा ३३ जना पठाएकोमा हाम्रो कन्सल्टेन्सीबाट जम्मा ६ जना मात्र फेल भएका छन् । सी स्टारबाट आजसम्म चितवनका २५० बढी विद्यार्थी कोरिया पुग्न सफल भएकोले पनि कोरियन भाषा सिक्न विद्यार्थीको आकर्षण बढेको हो ।
त्यसैगरी हामीले हरेक हप्ता भाषा परीक्षा लिने, हप्ताको एक चोटी गेष्ट लेक्चरको रुपमा कोरियन नागरिकलाई नै ल्याउने जस्ता व्यवहारिक अभ्यास गरिरहेका छौं ।

प्रश्न: कोरियन भाषा सिक्न कति शुल्क लाग्छ ?

जवाफ : हाम्रोमा कोरियन भाषा सिक्न ६ महिनाको लागि १५ हजार रुपैयाँ लिने गरिएको छ । आवश्यक सामग्रीहरु विद्यार्थीलाई हामीले पर्याप्तरुपमा उपलब्ध गराउने गरेका छौं । ईपीएस कार्यालय काठमाडौँमा हाम्रो प्रत्यक्ष चिनजान भएकोले पनि कोरियाको लागि हाम्रो विद्यार्थीलाई कुनै पनि कठिनाइ नहुने प्रतिबद्धता व्यक्त गर्दछौं ।

प्रश्न : अन्त्यमा, सी स्टारबाट लिन सकिने अन्य सुविधाहरु के के छन् ?

जवाफ : कोरियन भाषाको अतिरिक्त हामीले अंग्रेजी भाषा शिक्षणका विभिन्न कोर्षहरु पनि पढाइरहेका छौं । जसमा साधारणदेखि एड्भान्ससम्म पर्छन् । त्यसैगरी कम्युटर र विभिन्न तहका ट्युसन कक्षाहरु पनि सञ्चालन गरिहेका छौं । कम्प्युटरमा साधारणदेखि डिप्लोमा सम्मका कक्षाहरु सञ्चालन हुन्छन् । पारिवारिक शान्त वातावरणमा आधुनिक प्रविधिको प्रयोग गरी पढाउनु नै हाम्रो मुख्य विशेषता हो ।

धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>