चितवन विशेष

अंग्रेजी नयाँ वर्षमा भोलिबाट सौराहामा विशेष सांस्कृतिक कार्यक्रम

Banner

चितवन, पुस ७-

चितवनको पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष, अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विशेष सांस्कृतिक कार्यक्रम (म्युजिकल फेष्ट) गरिने भएको छ ।

सौराहा रहेको लायन्स डेन पव म्युजिक बारले पुस ८ गते देखि १६ गते सम्म कार्यक्रम गर्न लागेको हो । भ्रमण वर्ष, अंग्रेजी नयाँ वर्ष र क्रिसमसमा स्वदेशी तथा विदेश पर्यटकलाई नयाँ कार्यक्रमअन्तर्गत सांस्कृति कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक दिनेश कँडेलले जानकारी दिए । नयाँ वर्ष केन्द्रित कार्यक्रममा भ्वाइस अफ नेपालका आरिफ राउफ, डिजे प्रोसेस र क्रिसमसमा नेपालय व्याण्ड, गायिक शुष्मा विश्वकर्मा, डिजे शैलेश, डिजे के को प्रस्तुती रहने कार्यक्रम सहसंयोजक रमेश भट्टले जानकारी दिए ।

सौराहाका व्यवसायीले भ्रमण वर्षलाई सार्थक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दैछन् । नयाँ वर्ष र क्रिसमसलाई माध्यम बनाएर भ्रमण वर्षको लागि नयाँ कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रम गर्न लागिएको लायन्स डेनका व्यवस्थापक गौतम गिरीले बताए । सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकले थारु सांस्कृतिक नाच हेरेर मनोरञ्जन लिने गरेका छन् । पर्यटन क्षेत्रमा नेपालको सांस्कृतिक क्षेत्रको प्रवेश न्यून जस्तै रहेको छ । पर्यटन क्षेत्रमा नयाँ स्वाद भित्र्याउन लायन्स डेनले आधुनिकता झल्कने साँस्कृतिक कार्यक्रम गरेर पर्यटकलाई थप सेवा दिन लागेको कार्यक्रम संयोजक कँडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>