कृषि

चितवनका १२ सहकारीलाई कृषि सामग्री वितरण

Banner

चितवन पुस ७-

सरकारले सञ्चालन गरेको ‘सहकारी बजार विकास कार्यक्रम’ अन्तर्गत चितवनका तीन स्थानीय तहका सहकारीलाई कृषि सामग्री वितरण गरिएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड भरतपुरको आयोजनामा आज चितवनको कालिका, राप्ती र रत्ननगर नगरपालिकाका चार/चार ओटा गरी १२ ओटा सहकारीलाई कृषि सामग्री तथा औजार वितरण गरिएको हो ।

कालिका नगरपालिका शक्तिखोर महिला साना किसान , जुटपानी गरिबी निवारण साना किसान, गंगोत्री कृषि सहकारी, पदमपुर साना किसान सहकारी त्यसैगरी रत्ननगर नगरपालिकाको दाजुबहिनी कृषि सहकारी , दीर्घायु जडिबुटी उत्पादन सहकारी, मर्काण्डेय केरा उत्पादक कृषि सहकारी , रत्ननगर ताजा तरकारी तथा फलफूल सहकारी र राप्ती नगरपालिकाको साना किसान कृषि सहकारी संस्था पिप्ले, साना किसान सहकारी संस्था भण्डारा, साना किसान कृषि सहकारी लिमिटेड वीरेन्द्रनगर, जनजागृति हरियाली ताजा तथा फलफूल सहकारी संस्थालाई कृषि सामग्री वितरण गरिएको हो ।

कृषि सामग्रीअन्र्तगत कम्प्युटर, प्रिन्टर, स्पेयर मेसिन, डिजिटल काटा, क्रेट, बिउ, मेसी ट्याक्टरलगायतका सामग्री वितरण गरिएको हो । यसैगरी कालिका नगरपालिकाको जुटपानी गरिबी निवारण साना किसान सहकारी र राप्ती नगरपालिकाको साना किसान कृषि सहकारीलाई एक एकओटा मेसी टेयाक्टर वितरण गरिएको हो ।

जिल्ल सहकारी संघ लिमीटेड चितवनका अध्यक्ष टिकाराम भट्टराइको सभापतिमा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठद्वारा सो समान सम्बन्धित सहकारीलाई वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सरकारले किसानलाई पोत्साहित गर्न र युवालाई देशमै कृषिमा लाग्न उत्प्रेरण प्रदान गर्नका लागि सो सामान सरकारले अनुदानमा दिएको बताए । उनले सो कृषि साम्रगी तथा औजारको सही सदुप्रयोग गर्नका लागि सहकारीलाइ सुझाव पनि दिए ।

‘सहकारी बजार विकास कार्यक्रम’ सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँग समन्वय गरेको छ । हाल यो कार्यक्रम चितवनमा राप्ती , कालिका र राप्ती गरी तीन स्थानीय तहमा सञ्चालित छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>