चितवन विशेष

प्रचण्ड पत्नी सीताको उपचारमा बाबा रामदेव खटिँदै

Banner

चितवन, पुस ५-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता पौडेललाई उपचारको लागि पतञ्जली योगपीठ हरिद्वारमा लगिएको छ ।

प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् आमाको उपचारमा हरिद्वार पुगेको जानकारी गराएकी हुन् । सामाजिक सञ्जालमा उनले राखेको फोटोमा सीतालाई बाबा रामदेवले डोर्‍याएको र आचार्य बालकृष्णसँगै बसिरहेको देख्न सकिन्छ । गंगाले सो फोटो फेसबुकमा राखेपछि देश तथा विदेशबाट विभिन्न व्यक्तित्वहरुले उपचार हाम्रै आर्युवेदबाट सम्भव छ भन्ने प्रतिक्रिया दिएका छन् । आफ्नो छोरा प्रकाश दाहालको निधनपछि प्रचण्ड पत्नी दाहाल बिरामी परेकी थिइन् । उनको यसअघि अमेरिका, सिंगापुरलगायत विभिन्न ठाउँमा उपचार हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>