मकवानपुर

बुहुप्रविधिक महाविद्यालय निर्माणमा मुख्यमन्त्रीको चासो

Banner

हेटौंडा,पुस ४-

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय प्रदेशको समृद्धि र विकास निर्माणका काममा विशेष चासोका साथ लाग्नु हुन्छ ।

प्रदेशको समृद्धिसंग हरेक कुरालाई जोड्ने मुख्यमन्त्री पौडेलको अहिले विशेष ध्यान हेटौंडा–६ गौरीटारमा निर्माण भईरहेको बहुप्राविधिक महाविद्यालयमा केन्द्रित रहेको छ । आफु हेटौंडा नगरपालिकाको मेयर हुँदा निर्माणको प्रकृया सुरु भएको महा विद्यालयले अहिले उहाँ मुख्यमन्त्री भएपछि अर्थात करीब २ दशक पछि मुर्तता पाउँदै छ, त्यसैले पनि उहाँले यो योजनालाई विशेष प्राथमिक्ता दिनुभएको छ ।

प्रदेशको विकास र समृद्धि आफ्नो सपना भएको बताउने मुख्यमन्त्री पोडेलले प्रायजसो दिन प्रतिदिन विकास निर्माणका कार्यहरुलाई प्राथमिकता दिने गर्नुभएको छ । संविधानत मानिसको गास, वास, कपास, रोजगारी लगायतका अधिकारलाई स्थापीत गराउन उहाँको अहिलेको सपना नै रहेको छ । दिनहुँ जस्तो विकास निर्माण जसमा गरिव जनताको हितमा वकालत गर्दै अघि बढ्ने मुख्यमन्त्री पौडेलले प्राविधिक महाविद्यालयको निर्माण सम्पन्नतासँगै आम गरिव नेपाली युवाहरुले अध्ययनको शिलशिलामा लाखौं खर्च गरि अध्ययनको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ ।

२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको उक्त महाविद्यालय गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । उहाँले महाविद्यालय निर्माण प्रकृयामा कुनैपनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त समेत गर्नुभएको छ ।

बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वा छन । जसले प्रदेशमा आवश्यक प्राविधिक तथा देशकैलागि समेत दक्ष जनशक्ति उत्पादन हुने उहाँको विश्वास छ । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको उहाँ बताउनुहुन्छ । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जीवन उपयोगी हुने उहाँको भनाई छ ।

प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।

जिल्ला भित्र रहँदा जिल्लामा संचालित योजनाको अनुगमन प्रगतिको विवरण बुझ्न अधिक समय योजना स्थलमै पुग्ने मुख्यमन्त्री पौडेले अन्य जिल्लामा रहदाँ स्थानीय तहसंग छलफल गर्नुका साथै योजनाहरुको प्रगति बुझ्न योजना स्थलमै पुग्नु हुन्छ । उहाँ किशानको घरगोठ देखि खेतबारी सम्म पुग्नु भ्याउनु हुन्छ । अनि कृषकलाई परेका समस्या बुझ्ने र समाधान गर्ने तर्फ अग्रसर बन्नुहुन्छ । प्रदेशमा आधुनिक कृषी प्रणालीको विकास र विस्तार गर्न किसानको गोठ गोठमा पुगी जनताको गुनासो, आवश्यकता र वाध्यतालाई प्रत्यक्ष रुपमा अध्ययन गर्नु उहाँको अर्को दैनिकी जस्तै रहेको छ ।

प्रदेशको समृद्धि कृषि र पर्यटनले मात्र सम्भव रहेको भन्दै प्रदेशका योजनाहरु पनि सोहि अनुसार बनाईएको छ । ३ नम्बर प्रदेश सरकारले पर्यटन र कृषिलाई नै विशेष प्राथमिक्ता साथ योजनाहरु निर्माण गरेर कार्यान्वयन गरि रहेको पनि छ । प्रदेशको मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेर पनि उहाँ सादा जिवनयापन गर्नुहुन्छ जुन अन्य नेता तथा मन्त्रीहरुले उहाँबाट सिक्नु पर्ने पाठ हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>