अटो

चितवन रिकण्डिसन व्यवसायी संघमा अधिकारी

Banner

चितवन, पुस १-

चितवन रिकण्डिसन व्यवसायी संघको भेलाबाट अध्यक्षमा सूर्य अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा दिपक खड्का, सचिवमा घनश्याम न्यौपाने, सहसचिवमा जनककुमार ढकाल र कोषाध्यक्षमा दिनेश पौडेल चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा दिपक रेग्मी, सन्तोष थपलिया, शिव तिवारी रहेका छन् । अन्य सदस्यहरुमा शिव लामिछाने, अर्जुन लामिछाने, अविनाश खनाल चयन भएका छन् ।

यस्तै समितिको सल्लाहाकारमा कपिलसागर कर्माचार्य, महेश थापा, विकास थापा, सूर्यबहादुर सुनार र प्रविन श्रेष्ठ रहेका छन् भने कानुनी सल्लाहकारमा धमेन्द्र थापालाई कानुनी सल्लाहकारमा चयन गरिएको छ । भेलाले यसपछि संघलाई वैधानिकता दिन दर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ र यही नवगठित ११ सदस्यलाई नै आगामी अधिवेशन सम्मको लागि आधिकारिता दिन सर्वसम्मत पास गरेको छ । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूले नेतृत्व गरेको संघ भए पनि यो संघ सबै रिकण्डिसन व्यवसायीको साझा संघ भएको बताए । संघले अबका दिनमा व्यवसायीको विभिन्न समस्या र हितको बारेमा घनिभूत छलफल र काम गरिने अधिकारीको भनाइ छ । संघका उपाध्यक्ष दिपक खड्काले पछिल्लो समय रिकण्डिसन व्यवसायलाई थप व्यवस्थित मर्यादित बनाउन संघको आवश्यकता भएको बताए ।

उद्घाटन कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथि सहनलाल प्रधान, व्यवसायी राजु श्रेष्ठ, युवा उद्यमी राकेशमान श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता नविन अटो सेन्टरका सञ्चालक कपिल सागर कर्माचार्यले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>