रोचक

प्याज बेचेर भारतका एक किसान एक महिनामा नै करोडपति बने

Banner

एजेन्सी,मंसिर २०

बढेको प्याजको मूल्यले ऋणमा चुर्लुम्मै डुबेका किसानलाई ऋणबाट मुक्ती मात्र दिएन, एक महिनामा नै करोडपति बनाएको छ । प्याज उत्पादनबाट करोडपति बनेका किसान हुन भारतको चित्रदुर्गा जिल्लाका किसान मल्लिकारजुना । प्याजको भाउ बढ्नुअघिसम्म ४२ वर्षका मल्लिकारजुना ऋणमा चुर्लुम्मै डुबेका थिए । तर त्यहि समयमा उनले ऋण लिएर प्याजका विरुवा रोपे । उनका अनुसार यो उनले लिएको ठुलो जोखिम थियो ।

‘उक्त समयमा प्याजको मूल्य घटेको वा प्याज खेती असफल भएको भए म ऋण नतिरेको आरोपमा पक्राउ परिसक्थे तर अहिले प्याजले मेरो परिवारको भविष्यमा आमूल परिवर्तन ल्याइदियो,’ उनले भने । उनले प्याजको भाउ २ सय रुपैयाँ भारु हुँदै गर्दा २ सय ४० टन प्याज स्याहारेका थिए ।

उनले ५ देखि १० लाख भारु फाइदा बनाउने आशासहित १५ लाख भारतीय रुपैयाँ लगानी गरेका थिए । तर उनको फाइदा करोडमा पुग्यो ।उनी अहिले चित्रदुर्गा क्षेत्रमा रहेका किसान समूहका सेलिब्रेटी बनेका छन् । ‘मैले मेरो सबै ऋण तिरिसके, अब म घर बनाउने सोचमा छु । म आगामी वर्षमा खेती विस्तार गर्नका लागि थप जमिन किन्न चाहान्छु ।’

उनीसँग अहिले करिब ५० जना कामदार रहेका छन् । गत अक्टुबरसम्म उनी तनाबमा थिए किनकि त्यतिबेला प्याजको मूल्य कम थियो । उनले नोभेम्बरको पहिलो साता प्याज बेच्दा प्याजको मूल्य प्रति क्वीन्टल ७ हजार रुपैयाँ थियो । त्यसको केहि दिनपछि मूल्य ह्वात्तै बढेर प्रति क्वीन्टल १२ हजार पुग्यो । त्यसपछि त उनको परिवारलाई चोरबाट प्याज जोगाउन खेती भएको ठाउँमा गार्ड बस्नुपर्ने बाध्यता भयो ।

पानीको समस्याका कारण उक्त क्षेत्रका किसानले प्राय बर्षायाममा मात्र प्याज खेती गर्छन । प्राय सबै खेतीका लागि पानीको स्रोत बर्षा हो । गत वर्ष प्याजबाट ५ लाख मात्र फाइदा गरेका उनी अहिले करोडपति बनेकोमा निकै हर्षित छन् ।

करोडपति बन्नुमा उनको प्याज खेती र प्याजको भाउ मात्र नभई उनी प्याज बेच्ने क्रममा मध्यस्तकर्ता वा दलालबाट नफसेको समेत धेरैको तर्क छ । साथै यो पाठ अन्य किसानले पनि सिक्नुपर्ने धेरै जनाको प्रतिक्रिया रहेको छ । ऐजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>