चितवन विशेष
रंगशाला निर्माणका लागि हंस बहुउदेश्यीय सहकारीले दियो १० लाख
०

चितवन,मंसिर २७
चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनको एक सहकारी संस्थाले १० लाख सहयोग गरेको छ । नारायणगढको हंस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले सो रकम सहयोग गरेको हो । संस्थाको १० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम मार्फत धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य विजय सुवेदी,कृष्ण भुर्तेल,गिता वाग्ले, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी लगाएतको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























