अटो

४ वर्षभित्र किया र हुन्डाईका गाडी नेपालमै बन्ने,कोरियाली कम्पनीसंग सम्झौता

Banner

काठमाण्डौ,मंसिर २५-

नेपालमा चारपांग्रे गाडी एसेम्बल गर्ने सम्झौता गरेको कोरियाली कम्पनी मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने भएको छ । मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘उनीहरुले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएका छन्, उनीहरुले कुन कम्पनीको गाडी एसेम्बल गर्छन भन्नेमा हाम्रो धेरै चासो रहँदैन’, अधिकारीले भन्नुभयो ।

मोट्रेक्सले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको ३६ महिनाभित्र उत्पादनको काम थालिक्नुपर्नेछ । ईआईएका लागि बढीमा एक वर्ष लाग्नेछ । यसरी हेर्दा ४ वर्षमा नेपालमा गाडी एसेम्बलको काम सुरु हुन सक्ने देखिएको बोर्डले जनाएको छ ।

नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग बुधबार नै परियोजना लगानी सम्झौता भएको छ ।उज्यालोबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>