चितवन विशेष
जिसस चितवनद्वारा वडाअध्यक्ष चेपाङमाथि भएको दुव्र्यवहारको भत्सर्ना

चितवन, मंसिर २४-
जिल्ला समन्वय समिति चितवनले इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको आक्रमणको घोर भत्र्सना गरेको छ ।
जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोषी जो कोही भए पनि कानुनी दायरमा ल्याई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्यायको अनुभूति गराउन जिम्मेवार निकायसँग माग गरेका छन् । ‘जनताको प्रतिनिधिको रुपमा कार्यरत रहँदाकै अवस्थामा जनतालाई चुस्तदुरुस्त सेवा प्रदान गर्ने ध्येयका साथ कार्यालय व्यवस्थापनको सन्दर्भमा चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको जघन्य अपराधिक कार्यको घोर भत्र्सना गछौं’ जारी विज्ञप्तिमा भनिएको छ । कालोमासो दल्ने, कुटपिट गर्ने र अपशब्द बोलेर गालीसमेत गरिएको यस घटना सबै कोणबाट भत्र्सना गर्न लायकको रहेको विज्ञप्तिमा उल्लेख छ । जनप्रतिनिधि माथि हुने हिंसात्मक र अपराधिक कार्यले कोही कसैलाई पनि फाइदा नगर्ने प्रमुख डल्लाकोटीले बताए ।
























