चितवन विशेष

‘पर्यटन वर्ष सफल पार्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण’

Banner

चितवन, मंसिर २४

सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई सफल बनाउन होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले आज नारायणगढमा गरेको व्यवसायीबीच परिचय तथा छलफल कार्यक्रममा वत्ताहरुले सो कुरा बताएका हुन् । पर्यटन प्रवद्र्धनको लागि व्यवसायीको एकता, स्वच्छ सफा र गुणस्तरीय खानाको आवश्यकता भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा होटल व्यवसायी महासंघका सल्लाहकार दिनेशकुमार चुकेले होटल व्यवसाय बिना पर्यटन विकास सम्भव नरहेको बताउँदै पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसाय मर्यादित र व्यवस्थित हुन आवश्यक रहेको बताए ।

पर्यटनलाई आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा लिने गरिएको जानकारी दिँदै उनले पर्यटन प्रवद्र्धन गरी पर्यटकको बसाइ लम्व्याउन सके आर्थिक विकासमा सहयोग पुग्ने विचार राखे । पर्यटन विकासमा स्थानीय तहहरुको सहयोग अपरिहार्य रहेको बताउँदै स्थानीय सरकारको रुपमा लिइएको स्थानीय तहसँग आवश्यक समन्वय गरी पर्यटन प्रवद्र्धन गर्न सके होटल व्यवसाय थप बलियो हुने उनको विचार थियो । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सल्लाहकार दुर्गाप्रसाद गौतम, राजेन्द्र कुमार पिया, संघकी सहकोषाध्यक्ष लक्ष्मी कार्कीलगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>