चितवन विशेष

चितवन कांग्रेसले भन्यो: वडा अध्यक्ष चेपाङमाथि स्थानीयले आक्रमण गरे (विज्ञप्ति सहित)

Banner

चितवन, मंसिर २३

नेपाली कांग्रेस चितवनले इच्छाकामनाको वडा अध्यक्षमाथि भएको आक्रमणमा कांग्रेस कार्यकर्ताको नाम मुछिएको भन्दै घटनाको विरोध गरेको छ ।

कांग्रेस चितवनले आज विज्ञप्ति जारी गर्दै इच्छाकामनाको वडा नम्बर २ मा रहेको वडा कार्यालय राति ९ बजे सार्न खोजिएकोले वडा अध्यक्षमाथि स्थानीयले आक्रमण गरेको दाबी गरिएको छ । विज्ञप्तिमा कांग्रेसले आफ्ना कार्यकर्तालाई झुटा आरोप लगाइ पक्राउ गरिएको पनि आरोप लगाएको छ ।

त्यसैगरी नेपाल तरुण दल इच्छाकामना गाउँपालिकाले पनि आज विज्ञप्ति जारी गर्दै वडा अध्यक्षमाथि स्थानीय समूदायले आक्रमण गरेको भन्दै घटनाको भत्सर्ना गरिएको छ । त्यस्तै तरुण दलले स्थानीय कांग्रेस नेताहरु उत्तर कुमार गुरूङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको भन्दै निःशर्त रिहाइको माग पनि गरिएको छ । उनीमाथि शनिबार कालोमोसो दलेर दुव्र्यवहार भएको भन्दै वडा अध्यक्ष चेपाङले चितवन प्रहरीलाई जाहेरी दिएका छन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>