चितवन विशेष
चितवनको रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
०

चितवन मंसिर, २३-
चितवनको भरतपुर महानगरपालिका १- रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























