चितवन विशेष
चितवनमा आर्युेवेदसम्बन्धी एक दिने प्रशिक्षण
०

चितवन, मंसिर २१ –
आर्युेवेद औषधि व्यवसायी संघ केन्द्रीय कमिटीको आयोजनामा आज भरतपुरमा एक दिने प्रशिक्षण कार्यक्रम भएको छ ।
आर्युेवेद औषधि व्यवसायी संघ चितवनको संयोजनमा भएको कार्यक्रममा चितवनका ११० जना आर्युेवेद औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो । आर्युेवेद औषधिको विक्री वितरणसम्बन्धी प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रदेश सांसद विजय सुवेदी रहेका थिए । कार्यक्रममा डा बुद्धिप्रसाद ढकाल, डा टिकानिधी ढकाल, डा चन्द्रकान्त ज्ञवाली र डा प्रसन्न पण्डितले प्रशिक्षण दिएका थिए । त्यसैगरी कार्यक्रममा आर्युेवेद विभागका डा शारदा खनाल, जिल्ला आयुर्वेद विभागकी डा कोपिला अधिकारीलगायतको पनि सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























