चितवन विशेष

भरतपुरमा भ्रमण बर्ष २०२० लक्षित कार्यक्रम,जल यातायातदेखि मेला महोत्सबसम्म

Banner

चितवन,मंसिर २०-

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले बार्षिक योजना र कार्यतालिका सार्वजनिक गरेको छ । महानगरको नेपाल भ्रमण वर्ष २०२० समन्वय तथा सहजीकरण समिति आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरेर योजना सार्वजनिक गरेको हो । महानगरपालिकाका २७ वटा पर्यटकीय गन्तव्यको छनोट गरी ७ दिनसम्म बसाई लम्ब्याउन प्रर्बद्धनात्मक कार्यक्रम अघि सारिएको छ ।
महानगरले वर्षभरिमा गरिने कार्यक्रम सबै निकायसंग समन्वय गरी सार्वजनिक गरेको महानगर प्रमुख रेनु दाहाले बताइन् । उनका अनुसार विभिन्न समिति मार्फत जिम्मेवारी तोकिएको छ ।

कार्यातालिका अनुसार अंग्रेजी भाषमा ब्रोसर निर्माण, प्रचार सामग्री उत्पादन तथा प्रचार, छुट तथा सहुलियत घोषणा, भ्रमण वर्षको स्तम्भ निर्माणका क्रियाकलाप रहेका छन् । यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय दिवसलाई सम्बोधन हुनेगरी विश्व सिमसार दिवस, राष्ट्रिय धान दिवस, विश्व पर्यटन दिवसलगायतका कार्यक्रम कार्यतालिकामा समावेश गरिएका छन ।

यस्तै खेल पर्यटनलाई समेत प्रबर्द्धन गर्न हेरिटेज म्याराथुन, साइकल ¥याली, रिभरवीच खेलकुद, डुंगा तथा ¥याफ्टिङ प्रतियोगितालाई पनि प्राथमिकता दिइएको छ । यस्तै स्थानीय उत्पादन तथा परिकारहरुलाई प्रबद्र्धन गर्न मौलिक परिकार, फुड फेष्टिभल, मेला महोत्सबको आयोजना गरिएको दाहालले जानकारी दिइन् ।

यसैगरी धार्मिक पर्यटन र जलपर्यटनमा आकर्षण गर्न, देबघाटदेखि गोलाघाट सम्म डुंगाबाट शयर, देबघाटमा योगा, ध्यान, शिविर र नारायणी नदी किनारमा दैनिक आरतीको कार्यक्रम गरिने छ ।  भ्रमण वर्ष नजिकिएसँगै भरतपुर विमानस्थलमा पर्यटन भ्रमण वर्ष डिजिटल बोर्ड, मुख्य स्थान र बसपार्कमा पर्यटकीय सूचना केन्द्र लगायतका कामलाई तीब्र पारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>