नवलपरासी

नवलपरासीमा एकै वर्षमा ४४ बलात्कारका घटना

Banner

नवलपरासी,मंसिर २०-

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी एक वर्षमा ४४ वटा बलात्कारका घटना भएका छन् । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै २ जिल्लामा ४४ महिलामाथि बलात्कार भएको उजुरी परेको हो ।

जसमध्ये पश्चिम नवलपरासीमा २७ वटा र पूर्वी नवलपरासीमा १७ वटा उजुरी परेको प्रहरीको तथ्यानंकमा उल्लेख छ । यस्तै पश्चिम नवलपरासीमा जवरजस्ती करणी प्रयासका ७, बाल यौनदुर्व्यबहारका ४, र मानवबेचखिनका ११ उजुरी परेका थिए ।

पूर्वी नवलपरासीमा जबरजस्ती करणी प्रयासका २ र महिलामाथि हुने अभद्र व्यवहारका १४ उजुरी परेका थिए । यस्तै, चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म पाँचवटा जबरजस्ती करणीका घटना जिप्रकामा दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>