बजार

आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दसमा नेपाल,भारत नेपालभन्दा पछि

Banner

काठमाडौं,मंसिर २९-

बेलायती म्यागजिन द इकानोमिस्टले आर्थिक वृद्धिदर उच्च हुने शीर्ष दस मुलुकको सूचीमा नेपाललाई राखेको छ । आगामी वर्ष सन् २०२० को आर्थिक वृद्धि प्रक्षेपण गर्ने क्रममा इकोनोमिस्टले नेपाललाई उक्त अवधिमा ६.९ प्रतिशत हुने अनुमानसहित उक्त सूचीको आठौं स्थानमा राखेको हो ।

यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश (तेस्रो) र भुटान (छैटौं) नेपालभन्दा अघि छन् । ती मुलुकको वृद्धिदर क्रमशः ७.७ प्रतिशत र ७.३ प्रतिशत हुने अनुमान गरिएको छ । अर्को छिमेकी म्यान्मार (७.३ प्रतिशतको वृद्धिदरसहित) नेपालभन्दा अघि छ भने भारत नेपालभन्दा पछि १० औं स्थानमा छ । चीनको अर्थतन्त्र भीमकाय हुँदै गएकाले आर्थिक वृद्धि पहिलेकै जस्तो हुन नसक्ने टिप्पणी इकोनोमिस्टले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>