चितवन विशेष

भरतपुर १६ का निर्वाचित वडाध्यक्ष हमालले लिए सपथ

०
Banner

चितवन, मंसिर १८–

हालैसम्म उपनिर्वाचनबाट भरतपुर महानगरपालिका वडा नं.१६ को वडाध्यक्षमा निर्वाचित अमृतराज हमालले आज (बुधबार) पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

महानगरमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष हमाललाई महानगर प्रमुख रेनु दाहालले सपथ ग्रहण गराइन् । सो क्रममा बोल्दै वडाध्यक्ष हमालले सदैवको जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाए । उनले भरतपुर महानगरको संकल्पलाई पुरा गर्न आफू लागि पर्ने बताए ।
यस्तै कार्यक्रमकी सभापति महानगर प्रमुख दाहालले महानगरको संकल्पलाई पुरा गर्न सबैले सक्रिय र सकरात्मक भूमिका खेल्नुपर्ने बताइन् । उनले जनताको आकांक्षालाई पुरा गर्न सबैको भावना अनुसार अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, भरतपुर उपमहानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यही मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाका भक्तराज हमाललाई ३०८ को मतान्तरले पराजित गर्दै अमृतराज हमाल वडाध्यक्षमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा हमाल तत्कालिन एमालेका उम्मेद्वार चतुरमान गुरुङसंग पराजित भएका थिए । यसैवर्ष वडाध्यक्ष गुरुङको अर्बुद रोगको कारण निधन भएपछि यस वडामा उपनिर्वाचन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>