खेलकुद

करातेमा सुनिताले स्वर्ण जित्दा बुवाका आँखामा खुसीका आँसु

Banner

काठमाडौँ मंसिर १७-

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घएकी सुनिताको घर सीतापाइलामा हो। २७ वर्षीया सुनिता विगत ७ वर्षदेखि पुलिस क्लबमा आवद्ध भएर करातेमा संलग्न छिन।

नेपाल पुलिस क्लबका हेड कोच राजेश श्रेष्ठले सुनिताले आफ्नो सपना पूरा गरेर सबैलाई खुसी बनाएको प्रतिक्रिया दिए। ‘स्वर्ण जितेपछि सुनिता खुसी छिन्।

सुनिताले स्वर्ण जिते लगत्तै उनका बुबा नाती महर्जनका आँखामा आँसु रोकिएनन्। स्वर्ण जितेपछि सुनिताले आफ्नो बुवालाई अँगालोमा बाँधेकी थिइन्। छोरीको अँगालोमा बाँधिएका नातीका आँखामा आँसु थामिएनन्। उनी खुसीका आँसु पुछिरहेका थिए। बुवाको आँखामा आँसु देखेपछि सुनिता बुवाको अँगालोमै रोएकी थिइन्। तस्बीर :सुनिता डंगोल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>