कर्पोरेट

एनआईसी एसिया बैँकलाई उत्कृष्टताको साफा अवार्ड

Banner

चिततवन, मंसिर १४ –

एनआईसी एशिया बैँक लिमिटेड साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने अवार्डबाट सम्मानित भएको छ ।

बैँकले आज जारी गरेको विज्ञप्तिअनुसार बैँक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसिर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको बैँकले जनाएको छ ।

सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थालाई सम्मानित गर्दै आइरहेको छ । सोही क्रममा नेपाल चाटर्ड एकाउन्टेन्स संस्थाबाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ ।

शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइँटेलले बैँकको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैँकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैँकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

बैँकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटीएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवम् ४३ वटा शाखारहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैँकको दाबी छ ।

करिब १९ लाख ग्राहक महानुभावका साथ सञ्चालनमा रहेको यस बैँकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैँकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>