नवलपरासी

नवलपरासीको बौँदीकाली गाउँपालिका ५ मा नेकपा विजयी

Banner

नवलपरासी,मंसिर १४-

नवलपरासी पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो । उहाँले ३६७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो । नेकपाका उम्मेदवार खिम बहादुर खरु मगरले आफ्ना प्रतिद्वन्द्वी तुलबहादुर रानालाई १३६ मत अन्तरले पराजित गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>