इच्छकामना
निशुल्क कपडा घरले बाड्यो इच्छाकामनाका एक सय ६४ परिवारमा न्यानो लुगा
०

चितवन मंसिर १३-
भरतपुर महानगपालिका स्थित चौबिसकोठिमा रहेको निशुल्क कपडा घरले चितवनको इच्छाकामना गाउँपालिकामा न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाको स्याङ्दि लगायतका आसपासका अन्य केहि गाउँहरुमा बसोबास गर्दै आएका १६४ घरधुरीका विभिन्न उमेरसमुहका स्थानीय बासिन्दाहरुलाई कपडा वितरण गरेको बेटर चितवनकी संयोजक सजिता पौडेलले जानकारी दिइन । चेपाङ समुदाय लगायत अन्य जातजातिको बसोवास रहेको उक्त गाउँमा पुगि आज (शनिबार) कपडा वितरण गरेको उनले बताइन ।

जाडो बढ्दै गर्दा न्यानो सबैका लागि होस भनेर निशुल्क कपडा घरमा जम्मा भएका कपडा वितरण गरेको संयोजक पौडेलले बताइन ।
चौबिसकोठिमा रहेको निशुल्क कपडा घरमा आफुसँग भएका सफा लगाउन मिल्ने लुगाहरु पनि दिन सकिन्छ । जसबाट कपडा किन्न नसक्नेहरुले निशुल्क रुपमा त्यहाँबाट कपडा लिने गरेका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























