चितवन विशेष

चितवनको उपनिर्वाचनमा ७६ प्रतिशत मतदान, मतगणनाको लागि तयारी हुँदै

Banner

चितवन, मंसिर १४

चितवनमा आज स्थानीय तहमा भएको उपनिर्वाचनमा ७५ दशमलब ७९ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका १६ अन्तर्गत तीन मतदान स्थलमा गाविस भवन मोहनपुरमा एक हजार ३५, दूर्गा शेषकान्त माविमा दुई हजार ६१७ र ढड्डा घारीमा दुई हजार ५९७ गरी ६ हजार २०५ मत खसेको छ । भरतपुर १६ को कुल मतदाता आठ हजार ४८१ रहेको थियो । त्यहाँ अघिल्लो निर्वाचनभन्दा एक हजार २२५ मतदाता संख्या बढेको थियो ।
तीन मतदान स्थल मध्ये गाविस भवन मोहनपुरमा एक हजार ४२२, दुर्गा शेषकान्त मावि विजयनगरमा तीन हजार ५०० र ढड्डाघारी मतदान स्थलमा तीन हजार ५५९ जना मतदाता रहेका थिए । त्यसैगरी खैरहनी ४ मा भएको उपनिर्वाचनमा दुई हजार १७२ मत खसेको छ । हात्ती लेवट मतदान स्थल एक हजार २८७ र राप्रावि कुनाघारीरमा ८८५ मत खसेको थियो । खैरहनीमो हात्ती लेवट मतदान स्थलमा एक हजार ६०२ र राप्रावि कुनाघारीमा एक हजार ९० मतदाता रहेका थिए ।

त्यसैगरी खैरहनी नगरपालिका वडा नम्बर ५ को राष्ट्रिय आधारभूत विद्यालय ससौलीमा एक हजार ६७० मत खसेको छ । सो वडामा एउटामा मात्र मतदान स्थल रहेको थियो । जहाँ जम्मा दुई हजार १११ मतदाता रहेका थिए । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो ।  भरतपुर १६ को मतगणना जिल्ला अदालत परिसर र खैरहनीको इलाका प्रहरी कार्यालय छेउमा रहेको नगरपालिकाको पुरानो कार्यालयमा गरिने भएको छ । मतगणनाको लागि अहिले तयारी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>