राजनीति
वेवसाइटबाटै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको शुभकामना दिन सकिने

काठमाडौँ मंसिर १३-
एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ।
केपी शर्मा ओली डटकमडटएनपीमा गएर प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘धेरै महानुभावहरूले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाप्रति चासो राख्नु भएको छ। भेटेरै शुभेच्छा व्यक्त गर्न चाहनुभएको छ। तसर्थ शुभेच्छा प्रकट गर्न चाहनेहरूले kpsharmaoli.com.np मा आफ्नो भावना मा पोस्ट गर्न सक्नुहुनेछ,’ प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले रिमालले ट्वीट गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् स्वास्थ्यलाभको शुभकामना दिनेहरूलाई गत बिहीबार धन्यवाद दिएका थिए।
प्रधानमन्त्री ओलीको गत मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
























