नवलपरासी
किशोरीहरुको समस्याबारे जनप्रतिनिधिसँग सम्वाद

नवलपरासी, मंसिर १२ –
नवलपरासीको सरावलका किशोरीले आज जनप्रतिनिधिसँग सम्वाद गरेका छन् ।
सृजनशील किशोरी समूह सरावल–२ तिलौली नवलपरासीको आयोजना तथा स्टोम फाउण्डेशन नेपाल र एबीसी नेपालको संयुक्त सहयोगमा किशोरीहरुको समस्याबारे जनप्रतिनिधिसँग सम्वाद गरिएको हो ।
त्रिमुर्ती प्रावि तिलौलीको हलमा भएको कार्यक्रममा सृजनशील किशोरी समूहकी अध्यक्ष सृष्टि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी र सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले किशोरीको समस्यालाई समाधान गर्न सरावल गाउँपालिका तयार रहेको भन्दै गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । साथै उनले किशारीको समस्या बुझ्ने पहिलो अधिकार तिनका अभिभावकको रहेको हुँदा यसप्रति अभिभावकले पनि चासो दिई किशोरीको समस्या समाधानमा सहयोग गर्नुपर्ने विचार राखे ।
सोही अवसरमा सरावल २ का वडाध्यक्ष शम्भु चौधरीले अहिले सरावल गाउँपालिका वडा नम्बर १, २ र ३ बालमैत्री वडा घोषणा हुने चरणमा रहेको हुँदा किशोरीको समस्या समाधान नभएसम्म बालमैत्री वडा घोषण गरेको कुनै अर्थ नहुने विचार राखे । सो अवसरमा समूहका किशारीहरुले आआप्m्नो समस्याहरु सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीलाई सुनाएका थिए ।
























