कर्पोरेट

दुबईको ४६ तले भवनमा चौधरी ग्रुपको नयाँ ताज होटल

Banner

काठमाडौँ, मंसिर १२-

अर्बपति ब्यापारी बिनोद चौधरीको चौधरी ग्रुपले दुबईमा बुधबारदेखि नयाँ ताज होटल सञ्चालनमा ल्याएको छ ।

दुबईको जुमेराह लेक्स टावरमा अवस्थित यो होटल लोकेसनका हिसाबले असाध्यै उत्कृष्ट र आकर्षक रहेको गत महिना बिजनेस ट्राभलरले गरेको रिभ्यूमा छ। दुबईस्थित जुमेराह लेक्स टावर्स ८० वटा टावरहरुको भब्य संरचना हो जहाँ तीनवटा कृत्रिम तालहरु बनाइएका छन्। कृत्रिम तीनवटा तालहरुको वरिपरि फैलिएको यो विशाल शहरी संरचनाभित्र ३४ देखि ४५ तल्लासम्ममा गगनचुम्बी टावरहरु छन्।

यसको प्रमुख आकर्षणको केन्द्र बनेको अलमास टावर सबैभन्दा अग्लो ६६ तल्ले छ। सन् २००८ देखि निर्माण सुरु भएको जुमेराह लेक्स टावरहरु दुबईको आकर्षक क्षेत्र मानिन्छ। चौधरीको ताज जेएलडी जुमेराह लेक्स टावर्स स्थित सेख जायद रोडमा छ। यस होटल जेबिल अलिु नजिक रहेको छ जसमा युनिलिभर, दुबई इन्टरनेट सिटी र दुबई मिडिया सिटी अवस्थित छ। यस होटलका सम्भावित क्लाइन्टहरुमा नजिकैका आइबिएम, हनिवेल, ब्रिटिस अमेरिकन टोबाको र टिसिएस जस्ता कर्पोरेट अफिसहरु पर्छन्।

होटल अवस्थित एरिया कर्पोरेट र रेसिडेन्सियल दुबै हो। त्यहाँ अवस्थित साना र मध्यम स्तरका धेरै व्यवसायीहरुलाई पनि होटलले लक्षित ग्राहकका रुपमा लिएको छ। केही सुन उत्पादन गर्ने ठूला कम्पनीहरु पनि होटलका सम्भावित ग्राहक हुने अपेक्षा गरिएको छ। होटलबाट करिब ५ मिनेटमा पुगिने दामाक मेट्रो स्टेसनले दुबई वर्ल्ड ट्रेड सेन्टरसँग सहजै लिंक गराइदिन्छ । ताज जेएलडि नजिकै रहेको भिदा इमिरेट्स हिल्स यस ठाउँको अर्को नयाँ आकर्षण हो।

२०० कोठाको होटल ४६ तले भवनमा अवस्थित छ। यहाँ अपार्टमेन्ट र होटल दुबै प्रयोजनका लागि कोठाहरु तयार गरिएको छ। १७१ वटा सामान्य रुम तथा २९ वटा सुइट रुम रहेको यो होटलमा पाँचवटा रेष्टुरेन्टहरु छन्।

सामियाना रेष्टुरेन्ट अल डे डाइनिङका लागि प्रसिद्ध मुम्बईको ताज महलकै रेष्टुरेन्ट हो। ताज मुम्बईमा सन् १९७० को दशकमै स्थापित रेष्टुरेष्टकै निरन्तरताका रुपमा ताज जेएलटीमा सामिनाया स्थापना भएको हो। भुईंतलामा रहेको बिस्ट्रो क्याफे, ४६ औं तलामा रहेको स्यान्टोरिनी, अमेरिकन इटालियन खानाको लागि मेरिगानो र एशियन कुजिनका लागि नोन्या सामियाना बाहेकका विकल्प हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>