विशेष
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो
०

काठमाडौं, मंसिर ११–
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि नै भेन्टिलेटरबाट निकालिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























