चितवन विशेष
कलेजभित्र पेस्तोल राख्नेलाई कारबाही होस् : चितवन मेडिकल कलेज

चितवन, मंसिर ८-
चितवन मेडिकल कलेजको कैलाशनगरस्थित कलेज परिसरमा हतियार राख्ने जोकोहीलाई कारबाही गर्न कलेज प्रशासनले माग गरेको छ ।
कलेजले आज विज्ञप्ति जारी गरी सो माग गरेको हो । त्यसैगरी कलेजले सार्वजनिक स्थलमा भएको यसप्रकारको गैरकानुनी कार्यको घोर भत्र्सना पनि विज्ञप्तिमा गरेको छ । शनिबार दिउँसो ३ः१५ बजे कलेजको कैलाशनगर स्थित भवनको छात्राबास नजिकै खेल मैदानमा निलो झोलाभित्र शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरी छानबिन गर्दा हतियार भेटिएको कलेजले विज्ञप्तिमा प्रष्ट पारेको छ ।
आजसम्म पनि प्रहरीले सो क्षेत्रको प्रहरीले सुरक्षा प्रदान गरिरहेको कलेजले जनाएको छ । त्यस्तै, विज्ञप्तिमा कलेजले विद्यार्थीहरुको सुरक्षाको लागि आफूहरु सदैब तत्पर रहेको पनि जनाएको छ । यस्तो घृणित कार्यमा चितवन मेडिकल कलेजका विद्यार्थी तथा सदस्य कोही संलग्न नभएको कलेज प्रशासनले विज्ञप्तिमा विश्वस्त पारेको छ ।

























