चितवन विशेष

उपनिर्वाचनको लागि चितवनको सुरक्षा कडा, हतियार भए पाँच दिनभित्र बुझाउन प्रशासनको निर्देशन

Banner

चितवन, मंसिर ७
जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई दृष्टिगत गर्दै कसैसँग इजाजतप्राप्त कुनै हतियार भए पाँच दिनभित्र बुझाउन कडा निर्देशन दिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका ४ र ५ नम्बर वडामा हुने उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रशासनले सो निर्देशन दिएको हो । प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित बनाउनको लागि चितवन जिल्लामा कसैसँग इजाजतलिएर राखिएका साना र ठूला हातहतियार भए नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य बुझाउन अनुरोध गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>