चितवन विशेष
मनोकामना मन्दिरमा अखण्ड हरिनाम संकीर्तन सकियो

चितवन, मंसिर ६-
भरतपुर महानगरपालिका–२६ मा रहेको मनोकामना कालिका मन्दिरको आयोजनामा मन्दिर परिसर रोदीगाउँमा १२ घण्टे अखण्ड हरिनाम संकीर्तन बिहीबार सम्पन्न भएको छ ।
मनोकामना कालिका मन्दिरका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम चितवनमा रहेका ३२ मन्दिरका अध्यक्ष दण्डपाणि काफ्ले प्रमुख अतिथि रहेका थिए । काफ्लेले शास्त्रीय मान्यता अनुसार धर्म संस्कृतिको संरक्षण लागि संकीर्तन कार्यक्रम आयोजन गर्न लागेको बताए ।
परामानन्द वैदिक गुरुकुल गुञ्जनगरका बटुकहरुले स्वस्ती वाचन गरी सुरु गरिएको कार्यक्रममा अखण्ड हरिनाम संंकीर्तनका संयोजक शेषकान्त पौडेल, मनोकामना मन्दिर लेखा समितिका संयोजक चक्रप्रसाद शर्मा, वैदिक सनातन धर्म समितिका क्षेत्रीय अध्यक्ष बाबुराम पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । शिव गणेश दुर्गा मन्दिर मिलनचोक , कैलाशपति शिवालय मन्दिर शुक्रनगर, कालिका मन्दिर ज्योतिनगर, भृकुटी महिला समूह, शान्ति महिला समूह, गौरी आमा समूह , प्रगति महिला समूह , उज्जवल भविष्य महिला समूह, पूर्णिमा आमा समूहलगायतका समूह तथा मन्दिरका भक्तजनहरुले पालैपालो अखण्ड हरीनाम संकीर्तन सहभागी भएका थिए ।
भरतपुर महानगरपालिकाका वडा १८,२४,२५,२६,२७,२८ मा रहेका ३२ मन्दिरहरु को मिली संयुक्त समिति बनाएको र सो समिति मार्फत् आलोपालो सबै मन्दिरहरुमा प्रत्येक महिनाको ५ गते १२ घण्टे अखण्ड कीर्तन कार्यक्रम आयोजना गरेको सो कीर्तन संयोजक शेषकान्त पौडेले बताए ।
























