चितवन विशेष

नेपाली भूमि अतिक्रमणको विरुद्ध उत्रियो क्षेत्री समाज

Banner

चितवन मंसिर ५-

क्षेत्री समाज चितवनले नेपालको भूभाग कालापानी लिपुलेकलगायतका भूमि भारत सरकारले नक्सामा राखेको विरोधमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जितेन्द्र बस्नेत मार्फत् ज्ञापनपत्र बुझाएका छन् ।

आज (बिहीबार) ज्ञापनपत्र बुझाउँदै भारत सरकारबाट तथाकथित नक्सा राष्ट्रवादी नेपालीलाई मान्य नहुने भन्दै आपत्ति जनाएका हुन् । ज्ञापनपत्र बुझाउँदै क्षेत्री समाज चितवनका कार्यवाहक अध्यक्ष हेमन्त केसीे ‘हरी’ले सरकारले विज्ञप्ति जारी गरेर मात्र बस्नु अस्वभाविक भएको बताउँदै भौगोलिक अखण्डताको रक्षाको लागि यथासीघ्र कूटनीतिक माध्यमबाट वार्ता गरी नेपाली भूभाग भारतीय नक्साबाट हटाउनुपर्ने माग गरे ।

सरकारले वार्ताका लागि ढिलासुस्ती र खुट्टा कमाएमा इतिहासलाई साक्षी राख्दै क्षेत्री समाज नेपालले मातृभूमिको रक्षाको लागि नेतृत्व गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै भारतीय विस्तारवादको भत्सर्ना गर्दै अतिक्रमित भूभाग समेटी नेपालको नक्सा प्रकाशित गर्न उनीहरुले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>