चितवन विशेष

निर्माणाधीन रंगशालामा प्राथमिक उपचार कक्ष स्थापना,पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोग

Banner

चितवन,मंसिर ४-

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । भरतपुरको पुष्पाञ्जली हस्पिटल प्रालीको प्राविधिक सहयोगमा उपचार कक्ष स्थापना गरिएको हो ।

बुधबार उपचार कक्षको स्थापना गर्दै अस्पतालका व्यवस्थापक सुजन अधिकारीले सो उपचार कक्षमा एक जना प्राविधिक सहित प्राथमिक उपचार कक्ष सञ्चालन गरिएको बताए । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा कोही कामदार बिरामी भएमा तत्काल उपचार गर्नका लागि प्राविधिक सहितको उपचार कक्ष स्थापना गरिएको अधिकारीले बताए ।

अस्पतालले निशुल्क रुपमा उपचार गर्नेगरि प्राथमिक उपचार कक्ष स्थापना गरेको हो । रंगशाला निर्माणका क्रममा बिरामी हुने व्यक्तिलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नका लागि आवश्यक सम्पूर्ण औषधिहरु उपलब्ध गराउने अधिकारीको भनाइ छ । बुधबार अस्पतालका व्यवस्थापक अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई प्राथमिक उपचार बाकसको हस्तान्तरण गर्दै उपचार कक्षको स्थापना गरिएको हो । सो अवसरमा कट्टेलले रंगशाला निर्माणमा भएको प्रगतिको बारेमा जानकारी दिएका थिए ।

मुख्य क्रिकेट मैदानको बाहिर प्राक्टिस मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कट्टलले एक दुई दिनमा नै प्राक्टिस खेलहरु खेल्न सकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>