चितवन विशेष

भरतपुरमा रोटरीको प्रभातफेरी

Banner

चितवन, मंसिर ४-

रोटरी क्लब अफ चितवन र रोट्¥याक्ट क्लब अफ चितवनको आयोजना तथा सिप्ला लिमिटेडको सहकार्यमा विश्व सीओपीडी डे( श्वासप्रश्वाससम्बन्धी रोगविरुद्धको दिवस) को अवसरमा भरतपुरमा आज प्रभातफेरी गरिएको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चौबिसकोठीबाट सुरु भई अस्पताल रोड, सरकारी अस्पताल, पुरानो मेडिकल कलेज हुँदै चितवन मेडिकल कलेज अगाडि आई समापन गरिएको थियो ।

समापन कार्यक्रममा चितवन मेडिकल कलेजका छाती रोग विशेषज्ञ डाक्टर निरज पुरीले सीओपीडी रोग लाग्ने कारण, लक्षण र सियोपिडीबाट बच्ने उपायहरु प्रष्ट पार्दै त्यो रोग लागेपछि रोकथाम गर्ने उत्तम उपाय इन्हेलर नै हो भने जानकारी दिए । करिब ३५० जना सहभागी भएको उक्त ¥यालीमा बालकुमारी कलेज, इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजी, श्रीमेडिकल कलेज र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहभागिता रहेको थियो । रोट्¥याक्ट क्लब अफ चितवनका सहसचिव विक्रम साहले कार्यक्रम संयोजन गरेको रोट्¥याक्ट क्लब अफ चितवनका इन्टरनेशनल सर्भिस डिरेक्टर प्रभास रोयले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>