अन्तर्राष्ट्रिय

बिल गेट्स फेरि बने संसारकै धनी ,फेसबुकका सिइओ जुकरबर्ग पाँचौ स्थानमा

Banner

चितवन,मंसिर २-

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन्। ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ। ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् ।

सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए। तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन्। उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ।

यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन्। उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ। ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन्।एजेन्सि

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>