कर्पोरेट

गण्डकी विकास बैँकको एकै दिन चार शाखा विस्तार

Banner

चितवन, मंसिर १-

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैँक लिमिटेडले एकै दिन चार वटा शाखा विस्तार गरेको छ ।

धादिङको धादिङबेसी, लमजुङको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार गरेको हो । बैँकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको बैँकले जनाएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भइराखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ ।

न्यू विजनेश एजद्वारा आयोजित यस वर्षको उत्कृष्ट व्यवस्थापकीय विकास बैँकको अवार्डबाट पुरस्कृत बैँकको कुल चुक्ता पूँजि दुई अर्ब ७५ करोड रहेको छ भने गत आश्विन मसान्तसम्म बैंकले १२ करोड ४२ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड प्रवाह गर्न सफल भएको बैँकले जनाएको छ । पूर्व ताप्लेजुङको फुङ्लिङदेखि पश्चिमको महेन्द्रनगरसम्म तथा तराई एवम् हिमालपारीका जिल्लाहरु मुस्ताङ र मनाङमा समेत बैँकका शाखा सञ्जाल फैलिएको यस बैँकले निकट भविष्यमा ११ वटा शाखा कार्यालयहरु विस्तार गर्दैछ । मेगा बैंक नेपाल लिमिटेडँंग गत असोजमा मर्जर÷प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी बैँकलाई अझ सबल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सबै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति रहेको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>