अटो

सुजुकीको ‘एस–प्रेसो’ कार चितवनमा (फोटोफिचर)

Banner

चितवन, मंसिर १–

चितवनका लागि सुजुकी ‘फोर–ह्विलर’को आधिकारिक विक्रेता जेपी मोटर्स प्रा.लि.ले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’ गाडी चितवनको बजारमा भित्र्याएको छ ।

आज (आइतबार) एक कार्यक्रमकाबीच भरतपुर–१० स्थित रिजाल चोकमा रहेको शोरुममा मिनी एसयुभी ‘एस–प्रेसो’ गाडी सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन अटो मोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशी, सीजी मोटोकर्पका डिलर इन्चार्ज सुमन ताम्राकार जेपी मोटर्सका निर्देशकद्धय जेम्स महतो र सुरजराज जोशी, सेन्चुरी बैंकका शाखा प्रमुख भेषराज खड्कालले ‘एस–प्रेसो’ सार्वजनिक गरेका हुन् ।

सो क्रममा बोल्दै प्रमुख अतिथि जोशीले गाडीका पारखीहरुका लागि सुजुकी ‘एस–प्रेसो’ नयाँ स्वाद रहेको बताए । उनले ‘एस–प्रेसो’ निकै राम्रो बनेको भन्दै छोटो र लामो यात्राका लागि सहज हुने बताए । उनले पछिल्लो समय चितवनको बजारमा सुजुकी गाडीले राम्रो प्रभाव जमाएको भन्दै नयाँ–नयाँ मोडेलका गाडीले ग्राहकको मन जितेको बताए ।

कार्यक्रममा जेपी मोटर्सका जनरल म्यानेजर ज्वालामान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सिनियर सेल्स एक्जुकेटिभ विवेक गैरेले ‘एस–प्रेसो’को विशेषता बारे जानकारी गराएका थिए ।

‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । त्यसैका कारण यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाएको छ । १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ चितवनका गाडी पारखीहरुले मन पराउने विश्वास गरिएको छ । सुजुकीले ‘एस–प्रेसो’मा‘वेस्ट–इन–क्लास’फिचरहरु समेत लोड गरेको छ ।

दमदार एक्सटेरियर

नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयुभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयुभीको स्वरुपदिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’कोअनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’दिएको छ । साथै, ‘ज्ञडण्mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरुपलाई आर१४ टायर जडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइ दिएको छ ।

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिलग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइ दिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ । जसले यसको उपस्थितिलाई बलियो मात्र बनाएको छैन सडकमा सहजै चिन्न सकिने बनाएको छ ।

‘युनिक र युथफुल’इन्टेरियर

सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’ बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।

‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’ समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याककलर स्किम’ सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।

‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ । यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरु रहेका छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’

‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमाम्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्पकम्पेटिबल’ छ ।

‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ ।

यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’लगायतका सुरक्षा फिचरहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>