चितवन विशेष

सामुदायिक सहकारीको २५ औं साधारण सभा

Banner

चितवन, कात्तिक ३०-

भरतपुर महानगरपालिका– ४ लंकूमा रहेको सामुदायिक बचत तथा ऋण सहकारीले आज २५ औं साधारण सभाको विशेष कार्यक्रम गरेको छ ।
सहकारीका अध्यक्ष भानुक्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल प्रमुख अतिथि रहेकी थिइन् । सधारण सभामा भएको रक्तदानमा ३१ जनाले रक्तदान गरेका छन् । त्यसैगरी सहकारीले वयोवृद्ध, जेहन्दार छात्रवृत्ति, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कोष परिचालनकर्ता, दैनिक बचतकर्ता, बालबचतकर्ता र संस्थापक सदस्य गरी जम्मा ५९ जनालाई सम्मानित गरेको छ । सहकारीका उपाध्यक्ष उपेन्द्रराज सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेफस्कुन केन्द्रीय सदस्य शान्ति अधिकारी, जिल्ला सहकारी संघका सदस्य शंकरराज भण्डारी, भरतपुर ४ का वडाअध्यक्ष हरिप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>