अन्तर्राष्ट्रिय
इराक बम आक्रमणमा छ को मृत्यु, ३० घाइते
०

चितवन, कात्तिक ३०-
इराकको राजधानी बग्दादनजिकै शुक्रबार भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ । कारले छेकिने गरी राखिएको बम विस्फोटन भएको बताइएको छ ।
भिडभाडबीच शुक्रबार अबेर राती बम विस्फोट भएको हो । प्रदर्शनकारीहरुको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो । ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ । तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुदै आएको छ ।
उनीहरुले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्युनिकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन् । रासस÷सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























