चितवन विशेष
रोटरी स्पाउस क्लबद्वारा विद्यार्थीलाई स्विटर सहयोग

चितवन, कात्तिक ३ं-
रोटरी क्लब अफ चितवनसँग आबद्ध संस्था ‘स्पाउस क्लब अफआरसी चितवन’ को आयोजनामा शुक्रबार सीताराम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरिएको छ ।
देवघाटमा शिशु कक्षादेखि ७ कक्षाका करिब १२५ जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । स्पाउस क्लब अफ आरसी चितवनका अध्यक्ष कविता चुकेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्वडिष्ट्रिक गर्भनर रवीन्द्र पिया प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पिया र विशिष्ट अतिथि पौडेल तथा उक्त विद्यालयका प्रधानाध्यापक मिलन घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीको पढाइमा ठूलो टेवा पुग्ने र आउने दिनमा पनि यसरी सहयोग जारी राख्ने बताए । कार्यक्रममा स्पाउस क्लबअफ आरसी चितवनका उपाध्यक्ष पार्वती खनालले धन्यवाद मन्तव्य राखेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ चितवनबाट पूर्वअध्यक्षहरु रमेशकुमार पिया, मित्रराज दवाडी, उत्तमलाल चुके, शरद गोपाल न्याछ्यौ, निर्वाचित अध्यक्ष रोशन पिया, सर्जेन्ट एर्ट आर्म जनककुमार ढकालको सहभागिता रहेको थियो ।
























