चितवन विशेष
अष्ट्रेलियामा रहेका सन्दिपद्वारा मानव सेवा आश्रमलाई सहयोग
०

भरतपुर, कार्तिक ३०
अष्ट्रेलियामा रहेका चितवनका सञ्चारकर्मी सन्दिप भट्टले शुक्रबार परेको जन्मदिनको अवसरमा मानव सेवा आश्रम भरतपुरलाई सहयोग गरेका छन् ।
आश्रममा आश्रित असाहयहरुलाई उनले बिहानी खाना सहयोग गरेका हुन् । भरतपुर महानगरलाई सहयोगापेक्षी मानवमुक्त शहरका घोषणाको अभियानका क्रममा सडकका असाहयहरुलाई आश्रममा ल्याएर राखिएको छ । आश्रमले आश्रितहरुलाई चितवनका दानवीरहरुको मुठी मुठीको सहयोगबाट बाँस, गाँस, कपासको व्यवस्था गरेको छ । सडक मानवमुक्त महानगर घोषणा भएसँगै अहिले ९६ जना असाहय आश्रममा आश्रित छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























