चितवन विशेष

अमरदीप सहकारीको १२औं वार्षिक साधारण सभा

Banner

चितवन, कार्तिक ३०-

अमरदीप महिला उत्थान बचत तथा क्रृण सहकारीको १२औं वार्षिक साधारण सभा शुक्रबार भरतपुरमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले अमरदीप साकोस महिलाद्वारा सञ्चालित भएकाले महिलालाई बढी प्राथमिकता दिएको बताइन् । उनले अमरदीप परिवारलाई भरतपुर महानगरको तर्फबाट आभार प्रकट गर्दै थप तीव्र विकासका लागि बधाइ दिइन् । आगामी दिनमा के सहयोग गर्नुपर्ने हो यो महानगर महिला भएकै कारण महिलाको क्षमता विकासका कार्यक्रमका साथ अघि बढेको उनले बताइन् । साथै संस्थालाई आवश्यक पर्ने आर्थिकदेखि भौतिक सहयोग महानगरले गर्ने उनको भनाइ छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका–२ का वडाध्यक्ष पूर्णबहादुर क्षेष्ठ, सहकारी तथा रोजगार प्रवद्र्धक शाखा सहकारी अधिकृत रामबाबु पौडेल, आरपी अधिकारी एण्ड एसोसियड लेखा परीक्षक रामजी अधिकारी, भिमसेन साकोस नारायणगढका अध्यक्ष अशोक क्षेष्ठ, अमरदीप साकोसका संस्थापक अध्यक्ष रमा अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल बचतकर्ता, असल खुत्रुके बचतकर्ता, असल बाल बचतकर्ता, जेष्ठ नागरिक बचतकर्ता, असल क्रृणीकर्ता, सदस्य बृद्धि संयोजक, क्रृण सुन्यान्तर संयोजक, असल कर्मचारीलगायतलाई प्रमाणपत्रसहित नगदले सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष सीतादेवी रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम संस्थाका सचिव भगवती अधिकारीले सहजीकरण गरेकी थिइन् । कार्यक्रम अमरदीप महिला उत्थान बचत तथा क्रण सहकारी संस्था लिमिटेडका अध्यक्ष ईश्वरी प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>