चितवन विशेष
बालकुमारी माध्यमिक विद्यालयमा रोटरीको निःशुल्क दन्त शिविर

चितवन, कात्तिक ३०-
बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उपलक्षमा शुक्रबार निःशुल्क दाँत परीक्षण शिविर गरिएको छ ।
नारायणगढ रोटरी क्लब, नारायणगढ रोट्¥याक्ट क्लब र बालकुमारी मावि अलमुनाइ एशोसियसनको संयुक्त आयोजनामा सो शिविर गरिएको हो । नारायणगढ रोटरी क्लबका सदस्य सेवन पन्तको संयोजकत्वमा भएको उत्त कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय गरी करिब ३०० जना दन्त रोगीहरूको दन्त परीक्षण गरिएको थियो ।
नारायणगढ रोटरी क्लबले वार्षिक कार्ययोजना अनुरुप हरेक वर्ष दन्त परीक्षण कार्यक्रम गर्दै आएकोमा यो वर्ष बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको अवसर पारेर लायन्सचोकमा अवस्थित युनाइटेड डक्टर्स डेन्टल क्लिनिकको सहयोगमा डा. सिर्जनाको नेतृत्वमा दाँतका बिरामीहरूको निःशुल्क दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष सुसनलाल प्रधानले बताए ।
बालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको अध्यक्षतामा भएको शिविरमा प्रदेश नम्बर ३ का सांसद् मिलनबाबु श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा बालमावि अलमुनाइ एशोसियनका अध्यक्ष बद्रीलाल प्रधान, नारायणगढ रोट¥याक्ट क्लबका अध्यक्ष सन्तोष थापालगायत नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू मनोज प्रधान, उत्तमलाल चुके, विशालश्रेष्ठ, रोहितश्रेष्ठ, रमेश श्रेष्ठ, नारायण प्रधान र अन्य सदस्यहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सेवनपन्तले बताए ।
























